राप्ती प्रेस मञ्चद्वारा प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत
फागुन २५ , भालुवाङ – दाङको राप्ती गाउँपालिकामा हालै नियुक्त प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकलाई राप्ती प्रेस मञ्चले स्वागत गर्दै परिचयात्मक कार्यक्रम आयोजना गरेको छ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्यौपानेसहित अन्य सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत पाठकलाई फूलमाला अर्पण गर्दै स्वागत गरे।
अध्यक्ष अधिकारीले गाउँपालिकाको सेवा प्रवाह, सुशासन, समग्र विकास, र सञ्चार क्षेत्रको प्रवर्द्धनमा पाठकको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्दै, पारदर्शी र जनउत्तरदायी प्रशासनमार्फत नागरिकको मन जित्न सुझाव दिए। साथै, उनले पाठकको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विदाइसमेत सम्मानजनक बनाउन सक्ने आशा व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत पाठकले गाउँपालिकाको समृद्धि र विकासमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै, स्थानीय मिडियासँग सहकार्य गर्दै सूचना प्रवाहलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे। साथै, उनले नीति कार्यान्वयन, सेवा प्रवाहको सरलता, र समन्वयात्मक विकास निर्माणमा विशेष ध्यान दिने बताए।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए। यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका नेवबहादुर वली सहसचिवमा बढुवा भई बाँसगढी नगरपालिकामा सरुवा भएपछि पाठक प्यूठानको सरुमारानी गाउँपालिकाबाट राप्ती गाउँपालिकामा आएका हुन्।
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
कार/बाईक
फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने
Jul, 19, 2025
Deukhuri Online
इलेक्ट्रिक
मुख्यमन्त्री आचार्यद्वारा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन
Mar, 08, 2025
Deukhuri Online