देउखुरीमा ‘स्वदेशमै रोजगारी, प्रतिभा पलायन रोकौं’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
२४ फागुन, देउखुरी– माध्यमिक विद्यालय शिक्षक संघ, नेपाल जिल्ला कार्यसमिति दाङको आयोजनामा देउखुरी क्षेत्रस्तरीय ‘स्वदेशमा रोजगारी खोजौं, प्रतिभा पलायन रोकौं’ विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार आदर्श माध्यमिक विद्यालय, देउपुरमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता शिक्षक संघ देउखुरीका अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो भने आदर्श माध्यमिक विद्यालय, देउपुरका प्रधानाध्यापक कुलचन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
प्रतियोगितामा देउखुरीका १४ विद्यालयका १८ विद्यार्थी सहभागी भएका थिए। परिणामअनुसार माध्यमिक विद्यालय मौरीघाट प्रथम, आदर्श माध्यमिक विद्यालय देउपुर द्वितीय, जनता माध्यमिक विद्यालय गढवा तृतीय तथा ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवा सान्त्वना स्थानमा रहे।
कार्यक्रममा निर्णायकको भूमिका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक हरेकृष्ण ज्ञवाली, उपप्राध्यापक विनोद भट्टराई र नागरिक समाजका संयोजक निमबहादुर थापाले निर्वाह गर्नुभएको थियो। विजयी विद्यालयलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कुलचन्द्र पौडेल, विशेष अतिथि ज्ञानप्रसाद चौधरी, निर्णायक संयोजक हरेकृष्ण ज्ञवाली र निर्णायक विनोद भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो।
शिक्षक वसन्तराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव वासुदेव रिजालले गर्नुभएको थियो।
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
कार/बाईक
फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने
Jul, 19, 2025
Deukhuri Online
कार/बाईक
राप्ती प्रेस मञ्चद्वारा प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत
Mar, 10, 2025
Deukhuri Online